+
+
Shares

टेलर स्विफ्ट बनिन् लगातार छैटौं वर्ष विश्वकै ‘बेस्ट सेलिङ’ कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेलर स्विफ्ट सन् २०२५ की विश्वकै बेस्ट-सेलिङ कलाकार घोषित भएकी छिन् र लगातार छैटौं पटक यो उपाधि जितेकी हुन्।
  • उनको एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ रिलिज भएको पहिलो सातामै सबैभन्दा बढी बिक्री भएको थियो र आईएफपीआईले यो तथ्यांक सार्वजनिक गरेको छ।
  • सन् २०२५ का लागि के-पप समूह स्ट्रे किड्स दोस्रो र क्यानडाली र्‍यापर ड्रेक तेस्रो स्थानमा रहेका छन्।

रोयटर्स । टेलर स्विफ्ट सन् २०२५ की विश्वकै बेस्ट-सेलिङ (सबैभन्दा बिक्री हुने कलाकार) बनेकी छन् । अन्तर्राष्ट्रिय संगीत उद्योगको प्रतिनिधित्व गर्ने संस्था आईएफपीआईले यसबारे जानकारी दिएको छ । उनले लगातार छैटौंपटक यो उपाधि जितेकी हुन् ।

यो अवार्ड उनको पछिल्लो एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ को ठूलो सफलतापछि आएको हो । बिलबोर्डका अनुसार, यस एल्बमले रिलिज भएको पहिलो सातामै आधुनिक युगका अन्य कुनै पनि एल्बमभन्दा बढी प्रतिहरू बिक्री गरेको थियो । बिलबोर्डले यो तथ्यांक लुमिनेटको डाटालाई उद्धृत गर्दै जनाएको हो ।

आईएफपीआईका अनुसार, उक्त एल्बम रिलिज भएपछि र उनको टुरसम्बन्धी डकुमेन्ट्री ‘द इन्ड अफ एन इरा’ सार्वजनिक भएपछि स्विफ्टले स्ट्रिमिङ, फिजिकल र डिजिटल सबै फम्र्याटमा विश्वव्यापी रूपमा ठूलो सहभागिता पाएकी छिन् ।

उनी पहिलो पटक सन् २०१४ मा आईएफपीआई ग्लोबल रेकर्डिङ आर्टिस्ट अफ द इयर घोषित भएकी थिइन् । त्यसपछि सन् २०१९ मा र फेरि सन् २०२२ देखि २०२४ सम्म लगातार यो उपाधि जितिन् ।

पछिल्लो १० वर्षमा अन्य सबै कलाकारले जितेको संख्याभन्दा बराबर उपाधि अब स्विफ्टले एक्लैले जितिसकेकी छिन् । यसले उनको सिर्जनात्मक निरन्तरता र उनका रिलिजलाई समर्थन गर्ने दीर्घकालीन विश्व रणनीतिलाई झल्काउने आईएफपीआईले वक्तव्यमा जनाएको छ ।

संस्थाका अनुसार, यो अवार्ड कलाकार वा समूहको क्यालेन्डर वर्षभरि स्ट्रिमिङ, डाउनलोड र फिजिकल संगीत फम्र्याटमा भएको विश्वव्यापी बिक्रीका आधारमा गणना गरिन्छ, र यसले उनीहरूको सम्पूर्ण कामलाई समेट्छ ।

सन् २०२५ का लागि के-पप समूह स्ट्रे किड्स दोस्रो स्थानमा रहे भने क्यानडाली र्‍यापर ड्रेक तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?