+
+
Shares

पूर्वडीआईजी रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १३:३२

३१ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी कृष्णबहादुर रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले रानालाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

वि.सं. २०११ भदौमा जन्मेका राना २०३५ सालमा प्रहरीमा भर्ना भएका थिए । ३०वर्ष सेवा गरेर उनी २०६५ १ असोजमा अवकाश भएका थिए ।

त्यसैगरी यो वर्षको योगेन्द्र साहसिक पुरस्कार इन्स्पेक्टर दुर्गा राईले प्राप्त गरेका छन्। राई नेपाल प्रहरीको अनाश्रित गुल्म डिल्लीबजारमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?