+
+
Shares

प्रधानमन्त्री कार्कीको सम्पत्ति छानबिन गर्न वाईसीएलको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १४:४२

३१ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेको छ ।

कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्की पनि सम्पती छानविन हुनुपर्ने जिकिर गरेको हो ।

शुक्रबर अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइएसीएलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरुको पनि सम्पती छानबिन गर्न सरकारलाई दबाब दिए ।

भ्रष्टाचार गरेका सबैको सम्पती छानविन नभए आफूहरुलाई मान्य नहुने चेतावनी समेत उनले दिए ।

‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ । यो न्यायमूलक राज्य हो, समतामूलक राज्यको हो । त्यसकारण निष्पक्ष ढंगले सबैको छानबिन हुनुपर्‍यो । वैरभाव राखेर, पक्षपात गरेर गरिने छानविनको हामीले विरोध गर्छौं । तर त्यसरी निष्पक्ष ढंगले गरिने छानविनको शुरुवात हाम्रो अध्यक्षबाटै होस्,’ ओलीले भने ।

साथै, उनले जो कोही पनि भ्रष्टाचार संलग्न छन् भने माओवादीकै नेताहरूबाट छानबिन सुरु गर्न पनि आग्रह गरे ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्याण्डेटअनुसार काम नगरेको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?