News Summary
Generated by OK AI. Editorially reviewed.- भूपेन्द्र गुरुङले अक्टोबर २६ मा अमेरिकाको बोस्टनमा हुने विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ विधामा प्रतिस्पर्धा गर्ने छन्।
- उनी छाङ छ्वान, ताइची र म्युजिकल फम्स विधामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् र अक्टोबर २३ मा अमेरिका प्रस्थान गर्ने छन्।
- भूपेन्द्रले पहिले अमेरिकाका विभिन्न शहरमा ३ प्रतियोगितामा ३ स्वर्ण र ३ रजत पदक जितिसकेका छन् र जर्मनी, युके, थाइल्यान्डमा पनि पदक जितेका छन्।
१ कात्तिक, काठमाडौं । भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा खेल्ने भएका छन् । प्रतियोगिता अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुनेछ ।
वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा हुने प्रतियोगितामा भूपेन्द्रले ३ विधामा प्रतिस्पर्धा गर्ने छन् । उनले छाङ छ्वान, ताइची र म्युजिकल फम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
अमेरिकामा भूपेन्द्रले दोस्रोपटक खेल्न लागेका हुन् । यसअघि उनले अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र ३ रजत पदक जितेका थिए ।
भूपेन्द्रले जर्मनी, युके र थाइल्यान्डमा भएका प्रतियोगितामा पनि पदक जितेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।
भूपेन्द्रलाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेत, नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन र कोषाध्यक्ष सूर्य तामाङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।
भूपेन्द्र अक्टोबर २३ तारिखमा अमेरिका प्रस्थान गर्ने छन् ।
प्रतिक्रिया 4