+
+
Shares

हिमालयन एभरेस्ट इन्स्योरेन्समा परेका २९१ दाबीमध्ये २८८ को भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन एभरेस्ट इन्स्योरेन्सले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा २५ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ।
  • कम्पनीले २९१ आवेदनमध्ये २८८ वटा दाबी भुक्तानी सम्पन्न भएको जनाएको छ।
  • दाबी विभाग प्रमुख रोज राज लुइँटेलले सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो।

२ कात्तिक, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा परेको माग दाबीमा २५ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

क्षति पुगेका सम्पत्तिको शीघ्र दाबी भुक्तानी गर्ने रणनीति अनुरुप बीमा भई क्षतिपूर्ति दाबी गरिएका २९१ वटा आवेदनमध्ये हालसम्म २८८ वटा दाबी भुक्तानी सम्पन्न भएको कम्पनीले जनाएको छ ।

उक्त दाबी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको अग्रिम तथा अन्तिम दाबी भुक्तानीबापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधान भित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको दाबी विभाग प्रमुख रोज राज लुइँटेलले बताए ।

प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले प्रतिकुल परिस्थितिमा आर्थिक सुरक्षाका लागि बीमाको महत्वपूर्ण भूमिका रहने हुँदा समयमै शीघ्र दाबी भुक्तानीका लागि कम्पनीले हरसम्भव प्रयास गरेको बताइन् ।

पारदर्शिता, समयमै दाबी भुक्तानी र उत्कृष्ट ग्राहक सेवालाई आधारभूत मान्यताका रूपमा अंगाल्दै भविष्यमा अझ सरल, सहज र प्रविधिमैत्री बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?