News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन एभरेस्ट इन्स्योरेन्सले ललितपुर महानगरपालिका-१० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउन्ड मेसिन सहयोग गरेको छ।
- कार्यक्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीईओ अञ्जु श्रेष्ठले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले यस्ता गतिविधि सञ्चालन गर्दै आएको बताइन्।
- कम्पनीले आगामी दिनमा पनि जनस्वास्थ्य सुधारमा टेवा पुर्याउने तथा सामाजिक रूपमा अर्थपूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ।
२० पुस, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका-१० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउन्ड मेसिन सहयोग गरेको छ ।
ललितपुर-१० मा आयोजित कार्यक्रममा उक्त मेसिन औपचारिक हस्तान्तरण गरियो । कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, वडा नम्बर १० का अध्यक्ष, वडा सदस्यहरू, स्वास्थ्य केन्द्रका प्रतिनिधि, स्थानीयवासी तथा हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रतिनिधि उपस्थित थिए ।
कार्यक्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले समुदायको प्रत्यक्ष हित हुने कार्यक्रमलाई प्राथमिकतामा राख्दै यस्ता गतिविधि सञ्चालन गर्दै आएको बताइन् ।
उनले यो अल्ट्रासाउन्ड मेसिनले स्थानीय स्तरमै सहज, समयमै तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । विशेषगरी मातृ तथा बालस्वास्थ्य सेवामा यसको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा व्यवसायलाई केवल जोखिम व्यवस्थापनको माध्यमका रूपमा मात्र नभई समाजको दिगो विकासमा साझेदार बन्ने अवसरका रूपमा लिँदै आएको छ । यसै दृष्टिकोण अनुसार स्थानीय सरकार, स्वास्थ्य संस्था तथा समुदायसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।
कम्पनीले आगामी दिनमा पनि समुदायको जीवनस्तर उकास्ने, जनस्वास्थ्य सुधारमा टेवा पुर्याउने तथा सामाजिक रूपमा अर्थपूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4