+
+
Shares

६० वर्षदेखिका पोस्टरलाई ‘चलचित्र संग्रहालय’ मा राखिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १३:११
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्मका पोस्टरलाई चलचित्र संग्रहालयमा अभिलेखको रुपमा राख्न बोर्डले डिजिटल र भौतिक संस्करण संकलन थालेको छ।
  • बोर्डले १५ असोजमा ६० वर्ष पुरानो नेपाली फिल्म उद्योगको इतिहास संरक्षण र प्रवर्धनका लागि पोस्टर प्रदर्शनी गर्ने योजना बनाएको छ।
  • बोर्ड अध्यक्ष डीसीले पोस्टरलाई प्रचार सामग्री मात्र नभई इतिहास र समयका अभिलेख भएको उल्लेख गर्दै नयाँ पुस्तालाई परिचित गराउने उद्देश्य रहेको बताउनुभयो।

काठमाडौँ । नेपाली फिल्मका पोस्टरलाई ‘चलचित्र संग्रहालय’ मा अभिलेखको रुपमा राखिने भएको छ । यसको लागि बोर्डले पोस्टरका डिजिटल र भौतिक संस्करणकोे संकलन थालेको छ ।

बोर्डले हालै चलचित्र संग्रहालय बनाउने घोषणा गरेको थियो । विज्ञप्तिमा जनाइएअनुसार, स्वदेशी फिल्मको इतिहास, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित पोस्टर प्रदर्शनी पनि गरिने भएको छ ।

प्रदर्शनीका लागि बोर्डले निर्माता, निर्देशक तथा सम्बद्ध निकायलाई पोस्टर उपलब्ध गराउन आग्रह गरेको छ । १५ असोजमा नेपाली फिल्म उद्योगले ६० वर्ष टेकेको छ ।

यो कालखण्डमा ६ हजारभन्दा कम फिल्म रिलिज भएको अनुमान छ । बोर्ड अध्यक्ष डीसीले पोस्टर प्रचार सामग्री मात्र नभई, इतिहास र समयका अभिलेख पनि भएको बताए ।

‘यस्ता सामग्रीको संरक्षण र सार्वजनिक प्रदर्शनीमार्फत नयाँ पुस्तालाई नेपाली फिल्मको यात्रासँग परिचित गराउनु बोर्डको उद्देश्य हो’ डीसीलाई उध्दृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

बोर्डले मंगलबारभित्र आफू संलग्न चलचित्रका पोस्टरलाई डिजिटल वा भौतिकरुपमा उपलब्ध गराउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?