
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा लक्ष्मीपूजाको दिन मुख्य चोकहरू झकिझकाउले सजाइएको छ।
- निजी मल तथा शपिङहरू बेहुली झै सिंगारिएका छन् र भैलिनी खेल्नेहरू चोकमा जम्मा भएका छन्।
- तिहारको बेला काठमाडौंका घर, कार्यालय र व्यापारिक भवनमा झिलिमिली बत्ती राख्ने क्रम बढ्दै गएको छ।
३ कात्तिक, काठमाडौं। सोमबार लक्ष्मीपूजासँगै काठमाडौं उपत्यका झिलिमिलि देखिएको छ।
यसवर्षको काठमाडौं मुख्य चोकहरूतथा चक्रपथका चोकहरू झकिझकाउले सजाइएको छ । सुन्धारा, न्यूरोड, जमल, निजी मल तथा शपिङहरू पनि बेहुली झै सिंगारिएका छन् । लक्ष्मी पूजाको दिन भैलिनी खेल्नेहरू साथीभाइ जम्मा पारेर चोकमा निस्किएका छन् ।
तिहारभरी काठमाडौंका घरहरू झिलिमिली देखिनेछन् ।
तिहारको बेला घर, कार्यालय र व्यापारिक भवनमा राखिएका झिलिमिली बत्ती तत्काल हटाइँदैनन् ।
झिलिमिली बत्ती राख्ने क्रम काठमाडौंमा बर्षेनि बढ्दै गएको देखिन्छ । हिजोआज पुरै ढाक्ने गरी झिलिमिली बत्ती नराखेको घर देख्न मुस्किल हुन थालेको छ।
त्यसैले लक्ष्मीपूजामा मात्र होइन तिहारको जुनसुकै दिन पनि काठमाडौं शहर उत्तिकै झिलिमिली देखिन्छ । झिलिमिली शहर तिहारको बेलाको काठमाडौंको पहिचान नै बनेको छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4