
५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको प्रक्रिया अगाडि बढिरहेको बताएका छन् ।
मधेश प्रदेशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै समाजवादी मोर्चामा भएका पार्टीहरू एकता प्रक्रियातिर हामी अगाडि बढेको बताएका हुन् ।
प्रचण्डले भनेका छन्, ‘वामपन्थी एकता धु्रव्रीकरणको कुरा । समाजवादी मोर्चामा भएका पार्टीहरू एकता प्रक्रियातिर हामी अगाडि बढेका छौं । मलाई लाग्छ– छठपछि तपाईंहरूले एउटा नयाँ परिस्थिति देख्नुहुनेछ ।’
फरक प्रसंगमा उनले सरकारले चुनावको वातावरण बनाउनुपर्ने बताए ।
‘सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ । हिजो मात्रै सरकारले वार्ता गरेको छ । सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभास भएको छ’ उनले भने ।
औपचारिक रुपमा सबैभन्दा पहिला माओवादी केन्द्रले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको उनले बताए ।
प्रतिक्रिया 4