+
+
WC Series
पोखरा एभेन्जर्स 2025
7/0 (0.6)
VS
११४ बलमा १५९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

रुकुमपश्चिम दुर्घटना : मृतक ६ जनाको पहिचान खुल्यो, १० घाइते (नामावली)  

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते २०:०३

७ कात्तिक, रुकुमपूर्व । रुकुम पश्‍चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् ।

प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिए अनुसार, दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । एक जनाको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरुको  परिचय खुलेको छैन ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले  लगिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?