+
+
Shares

अमेरिकाबाटै दीपकराज गिरीले भने- तोडफोड र आगजनीमा मेरो सहभागिता छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता दीपकराज गिरीले जेनजी आन्दोलनको क्रममा खिचिएको फोटो भाइरल भएपछि तोडफोड र आगजनीमा आफ्नो संलग्नता नभएको प्रष्ट पारेका छन्।
  • दीपकले उक्त फोटो बानेश्वरमा सर्वपक्षीय भेलामा कलाकारको रुपमा पुगेको बेलामा खिचिएको र सामाजिक सञ्जालमा गलत क्याप्सनसहित सेयर भएको बताएका छन्।
  • अमेरिकामा रहेका दीपकले 'देशमा भएको तोडफोड र आगजनीमा मेरो सहभागिता छैन' लेख्दै प्रमाणित भए कारबाहीको लागि तयार रहेको बताएका छन्।

काठमाडौं । अभिनेता दीपकराज गिरीले जेनजी आन्दोलनको क्रममा खिचिएको आफ्नो एक फोटो भाइरल बनेपछि यसबारे प्रष्टीकरण दिएका छन् । उनले उक्त फोटो सेयर गर्दै तोडफोड र आगजनीमा आफ्नो संलग्नता नभएको बताएका छन् ।

तोडफोड भएको एक घर र त्यसअघि जलाइएको मोटरसाइकल सामुन्नेबाट कलाकार गिरी कतै हिँडिरहेको देखिन्छ । फोटो पछाडिबाट खिचिएको छ । यसमा संलग्नता रहेको दाबीसहितको क्याप्सनसहित सामाजिक सञ्जालमा उक्त फोटो सेयर भैरहेको हो ।

अहिले अमेरिकामा रहेका दीपकले उतैबाट उक्त फोटोबारेको वास्तविकताबारे प्रकाश पारेका हुन् । उनले लेखेका छन्, ‘ देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो सहभागिता छैन । यदि प्रमाणित हुन्छ भने हदै सम्मको कारबाहिको लागि तैयार छु । जय नेपाल ।’

उनले उक्त फोटो सर्वपक्षीय भेलामा कलाकारको रुपमा आफू बानेश्वरमा पुग्दा उक्त फोटो खिचिएको दीपकले बताएका छन् । ‘अहिले त्यो बाटोमा हिँडिरहेको फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन्’ उनी लेख्छन् ।

दोस्रो फोटो, तोडफोड नगरौं भन्ने आग्रहसहित खिचिएको दीपकको भनाइ छ । दीपकले तथ्य पुुष्टि गर्न चुनौती पनि दिएका छन् । दीपक अहिले ‘छक्कापञ्जा टूरको सिलसिलामा अमेरिकामा छन् ।

अहिले निर्देशक निश्चल बस्नेतलाई पनि आन्दोलनको क्रमको फोटो सेयर गर्दै कतिपयले तोडफोडमा संलग्न रहेको आरोप लगाएका छन् । यसबारे बस्नेतको खण्डन आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?