९ कात्तिक, काठमाडौं । ललितपुरमा भएको दुई छुट्टा-छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका-१४ बाडेगाँउस्थित सडकमा बा६२प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका-१४ बस्ने ५० वर्षीया मैया महर्जनको मृत्यु भएको छ ।
शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएन्डबी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यसैगरी ललितपुरको बाग्मती गाउँपालिका-१ सिस्नेडोलस्थित सडकमा मानेभञ्ज्याङबाट थलीभञ्ज्याङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२८ प ४४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका-१ धुसेलथली घर भएका ३२ वर्षीय राजु सापकोटाको मृत्यु भएको छ ।
शनिबार भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4