+
+
Shares

गृहमन्त्री अर्याल जनकपुरमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार मधेश प्रदेशको जनकपुर पुगेका छन्।
  • मन्त्री अर्यालले मंगलबार जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा सुरक्षा प्रमुखहरूसँग छलफल गर्नेछन्।
  • भ्रमण टोलीले सरकारी कार्यालय अवलोकन र छठ पर्वसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनेछ।

१० कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार जनकपुर गएका छन् । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री अर्याल मधेश प्रदेशको जनकपुर पुगेका हुन् ।

जनकपुरमा गृहमन्त्री अर्यालले भोलि मंगलबार जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा सुरक्षा प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम छ । मन्त्री अर्यालसँगै गृहसचिव रामेश्वर दंगाल पनि भ्रमण दलमा छन् ।

मन्त्री अर्यालले भोलि मंगलबार नै धनुषा जिल्लाभरीका सरकारी कार्यालय प्रमुखहरूसँग पनि छलफल गर्ने कार्यसूची रहेको गृह मन्त्रालय स्रोत जानकारी दियो । छलफल जिल्ला प्रशासन कार्यालय धनुषामा हुनेछ ।

यस्तै मन्त्री अर्यालसँगै उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि जनकपुर गएका छन् ।

भ्रमणका क्रममा मन्त्री अर्यालसहितको टोलीले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछन् । सोमबार र मंगलबार मधेशमा छठ पर्व समेत परेका उनीहरू छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

मन्त्री अर्यालसहितको टोली भोलि मंगलबार बेलुका काठमाडौं फर्किने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?