News Summary
Generated by OK AI. Editorially reviewed.- तराई क्षेत्रमा छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिने परम्परा छ।
- बाराको जुगुवामा ब्रतालुले छठघाटमा दण्डप्रणाम यात्रा गरी सूर्यको आराधना गरेका छन्।
- छठ पर्व बुधबार षष्ठी तिथिमा मुख्य दिन मानिन्छ र मंगलबार सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ दिइ पूजा सम्पन्न हुन्छ।
१० कात्तिक, बारा। तराईमा छठ पर्वको आफ्नो छुट्टै महत्व छ । छठ पर्वको मुख्य दिन सोमबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् ।
बाराको जुगुवामा छठघाटहरुमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । केही ब्रतालुहरूले घरदेखि छठघाटसम्म दण्डप्रणाम यात्रा समेत गरेका छन् ।

सोमबार जुगुवामा रहेको जलाशयमा सूर्यास्तअघि नै ब्रतालुहरु छठघाटमा पुगेर आआफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिए ।
कतिपय ब्रतालु सोमबार रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
छठ पर्वलाई लक्षित गरी बाराका विभिन्न पोखरी तगा जलाशय र वीरगञ्जमा रहेका घडीअर्वा, नगवा, रानीघाट, मुर्ली, छपकैयालगायतका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा छठघाटमा पूजा आराधना गरिएको छ ।

षष्ठी तिथीका दिन अर्थात बुधबार छठको मुख्य दिन मानिन्छ । यसदिन साँझ ब्रतालु नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउदो सूर्यलाई अर्घ दिन्छन् । सप्तमीका दिन अर्थात मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ।

छठ पूजा गर्नाले सुख समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । पछिल्लो समय तराई-मधेशमा मात्रै नभई नेपालका पहाडी क्षेत्रमा पनि यो पर्व मनाउन थालिएको छ।
हेर्नुहोस् बाराको जुगुवामा गरिएको छठपूजाका तस्वीरहरू :


प्रतिक्रिया 4