+
+
Shares

फागुन २१ को चुनावमा हिमाली क्षेत्रमा हिमपातको चिन्ता, हेलिकोप्टरको प्रबन्ध गर्ने तयारी

सामान्यतया फागुन महिनामा हिमपात हुने गरेकोले त्यसअनुसारको तयारी गर्न खोजिएको आयोगले जनाएको छ । तयारी अन्तर्गत चुनावको लागि हिमाली क्षेत्रमा हेलिकोप्टरको प्रबन्ध गरिंदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनावका लागि हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भन्दै हेलिकोप्टरबाट कर्मचारी र सामग्री ढुवानी गर्ने तयारी गरिरहेको छ।
  • आयोगले चुनावका लागि साढे सात अर्ब रुपैयाँ बजेट तयार पारेको छ जसमा आकस्मिक व्यवस्थापन शीर्षकमा हेलिकोप्टर व्यवस्थापनका लागि रकम राखिएको छ।
  • निर्वाचन आयोगले आवश्यक सामग्रीको सूची तयार गरी चाडपर्व सकिएपछि खरिद प्रक्रिया सुरु गर्ने तयारी र अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ।

११ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनावमा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भनेर त्यसअनुसारको तयारी गर्न खोजेको छ । यसका लागि मौसमविदहरूको सल्लाह लिइएको छैन।

सामान्यतया फागुन महिनामा हिमपात हुने गरेकोले त्यसअनुसारको तयारी गर्न खोजिएको आयोगले जनाएको छ । तयारी अन्तर्गत चुनावको लागि हिमाली क्षेत्रमा हेलिकोप्टरको प्रबन्ध गरिंदैछ ।

तयारी अन्तर्गत निर्वाचन आयोगले चुनावको लागि साढे सात अर्ब निर्वाचन खर्च लाग्ने अनुमानसहितको बजेट तयार पारेको छ ।

बजेटमा सामग्री खरिद गर्नेबाहेक आयोगले केही रकम आकस्मिक व्यवस्थापन शिर्षकमा राख्न खोजेको छ । हेलिकप्टरबाट कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्नुपर्ने अवस्थालाई ख्याल गरेर आयोगले आकस्मिक व्यवस्थापन शिर्षकमा बजेट राख्न खोजेको हो ।

खासगरी हिमाली क्षेत्रमा मौसमका कारणले निर्वाचन गराउन कठिन हुने अनुमानसहित यस्तो गर्न लागिएको आयोगले जनाएको छ । मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकोप्टरको व्यवस्था गर्ने र हेलिकोप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी बजेट अनुमान गरिएको हो ।

निर्वाचन आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची समेत तयार गर्दैछ ।

चाडपर्व सकिएकाले अब आवश्यक सामग्री किन्न सुरू गर्ने पनि आयोगको तयारी छ। यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ । यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?