News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागको वेबसाइट र सर्भरमा समस्या आएको छ, जसका कारण आवेदन दिन असम्भव भएको छ।
- सूचना अधिकारी टीकाराम ढकालले वेबसाइटको स्पेसल सर्टिफिकेट एक्सपायर भएको र सर्भरमा बढी ट्राफिक आएको बताए।
- आईटी टिम र भेन्डरले समस्या समाधानका लागि काम गरिरहेको र साँझसम्म सेवा सुचारु हुने जानकारी दिइएको छ।
११ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागको वेबसाइट र सर्भर (फेमिस सिस्टम) मा समस्या आएको छ ।
समस्या देखिएपछि आईटी टिमले काम गरिरहेको विभागले जनाएको छ । वेबसाइटको स्पेसल सर्टिफिकेट एक्सपायर भएर समस्या देखिएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए । सर्भरमा भने बढी ट्राफिक आएकाले समस्या देखिएको उनको भनाइ छ ।
‘वेबसाइटको स्पेसल सर्टिफिकेट एक्सपायर भएको हो, सिस्टमको चाहिँ युज ट्राफिक भएर समस्या आएको भन्ने जानकारी भेन्डरले गरेको छ, भेन्डरले काम गरिरहेको छ,’ ढकालले भने ।
वेबसाइट आज साँझसम्म चल्न सक्ने र सर्भरका हकमा भने केही समय लाग्न सक्ने उनको भनाइ छ । सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू मर्कामा परेका छन् ।
सर्भरबाट आन्तरिक काम भइरहे पनि सेवाग्राहीले आवेदन दिन मिलेको छैन । साँझसम्म आवेदन सबमिट गर्न मिल्ने उनको भनाइ छ । बिदापछि एक्कासि अत्यधिक आवेदन आएसँगै सर्भरमा समस्या देखिएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4