+
+
Shares

अदालत आफैं जाहेरवाला हुनु उपयुक्त होइन : टीकाराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १०:४२

१२ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले अदालत आफै जाहेरवाला हुनु उपयुक्त नभएको बताएका छन् ।

‘अदालतमा भएको तोडफोड र आगजनी अक्षम्य र जघन्य अपराध नै हो । दोषीलाई हदै सम्मको सजाय हुनै पर्दछ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मेरो बिचारमा अदालत आफैं जाहेरवाला हुनु उपयुक्त होइन ।’

मुद्दा अदालतमा आउँदा न्यायाधीशले छिन्नुपर्ने भएकाले अदालत आफै जाहेरवाला हुनु उपयुक्त नभएको उनले बताएका छन् । उनी थप्छन्, ‘किनकि त्यो मुद्दा भोलि अदालत आउँदा कस्ले छिन्ने ? Fair trail दृष्टिकोणले र प्राकृतिक न्यायको दृष्टिकोणबाट यो उचित हुँदैन ।’

सर्वोच्च अदालत प्रशासनका अनुसार गत भदौ २४ गते देशभरका २३ वटा अदालतमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रममा भएको क्षतिको विवरणसहित प्रहरीसमक्ष उजुरी दिने तयारी छ ।

गत आइतबार सर्वोच्च अदालतको फुल कोर्टको बैठक बसेको थियो । उक्त बैठबकले प्रहरीमा जाहेरी दिने निर्णय गरेको थियो । त्यसअनुसार जाहेरी लेखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा गएर दर्ता गर्ने तयारी छ ।

अदालतमा आगजानी र तोडफोडमा संलग्न यकिन गर्न नसकेकाले कसैको पनि नाम किटानी नगरी प्रहरीले नै अनुसन्धानबाट यकिन गरी संलग्नहरूलाई कारबाही गरोस् भन्ने आग्रहसहित जाहेरी दिने तयारी छ । सर्वोच्च अदालत प्रशासनले संकलन गरेको क्षतिको विवरणअनुसार भदौ २४ गते सर्वोच्च अदालतसहित २३ वटा अदालतमा तोडफोड र आगजनी भएको थियो ।

यसबारे अदालतले क्षतिको बिबरण प्रहरीलाई दिने र त्यसैबाट प्रहरी आफै प्रतिबेदक भएर अनुसन्धान र अभियोजन गरिनु उपयुक्त हुने वरिष्ठ अधिवक्ता भट्टराईको राय छ । उनी लेख्छन्, ‘जतिसुकै प्रतिकुलतामा पनि अदालतको आत्मा सम्यमता गुम्नु राम्रो मानिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?