+
+
Shares

जेनजी र दलहरूसँग प्रधानमन्त्री- एक पटकको छलफलले पुग्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १८:४४

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जारी जेनजी र दलहरूसँगको छलफलमा एकपटकमात्रै छलफलले नहुने भन्दै निरन्तर संवादमा जोडिन आग्रह गरेकी छिन् ।

बालुवाटारमा अहिले त्रिपक्षीय वार्ता चलिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, जेनजी प्रतिनिधिहरूले आफ्ना कुरा छलफलमा राखिसकेका छन् ।

सरकार र दलका प्रतिनिधिका तर्फबाट धारणा राख्ने क्रम चलिरहेको छ ।

संवादको सुरुवातमा प्रधानमन्त्री कार्कीले सबैलाई आ-आफ्ना विचारहरू आदानप्रदान गर्न आग्रह गरेकी थिइन् ।

‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन,’ प्रधानमन्त्रीले सुरुवातमा राखेको आफ्नो भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

उनले थ पभनेकी छिन्, ‘एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?