+
+
Shares

मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने जिम्मेवारीबाट भाग्ने छुट कसैलाई छैन : शाही

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:४९
फाइल तस्वीर

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले १५औँ महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई नभएको बताएका छन् ।

१३ दिन स्थगित भएर बिहीबारदेखि फेरि बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकको सुरुवातअघि उनले फेसबुकमार्फत मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई नभएको स्मरण गराएका हुन् ।

‘नियमित महाधिवेशनको विकल्प नै नियमित महाधिवेशन हो । अरू अन्यथा कुरा गरेर अलमलमा पारेर नियमित महाधिवेशनलाई ओझेलमा पार्ने गरी विषायन्तर नगरौँ,’ शाहीले भनेका छन्, ‘१५औँ महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई छैन । पानीमाथि बसेर कोही ओभानो हुँदैन ।’

अहिलेको समस्याको निकास पुरानै पारा, पुरानै तरिका, पुरानै सोच र पुरानै म्यान्डेटबाट सम्भव हुन नसक्ने नेता शाहीको भनाइ छ ।

‘परिवर्तनको सन्देश र अहिलेको जेनजी पुस्ताको सहभागितालाई सुनिश्चितता गर्दै नियमित महाधिवेशन मंसिरभित्र गर्नुको अर्को कुनै विकल्प छैन,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?