+
+
Shares

कार्यालयमा आफैंले ताला लगाएका वडाध्यक्षले सडकबाटै दिने थाले नागरिकलाई सेवा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १३:३१

१४ कात्तिक, रोल्पा । वडा कार्यालयमा ताला लगाएर गाउँपालिकालाई साँचो बुझाएका रोल्पाको थबाङ गाउँपालिका-२ का अध्यक्षले सडकबाट सेवा दिन थालेका छन् ।

आफूले उठाएका माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले उनले सडकको गल्लीमा बसेर नागरिकता सिफारिस लगायतका सेवा दिएका हुन् ।

ल्याप्टप र एउटा फोटोकपी मेसिन साथमा लिएर उनले अति आवश्यकीय सेवा गल्लीबाट दिइरहेको वडावासीले जनाएका छन् ।

बाटो र विद्युत् विस्तारको काममा ढिलाइ भएको भन्दै वडाध्यक्ष अभिलाषा रोकाले बिहीबार वडा कार्यालयमा ताला लगाएर साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका थिए ।

आफ्नो माग सम्बोधन नभए उनले पदबाट राजीनामा दिएर जनतासँगै आन्दोलनमा होमिने चेतावनी उनले दिएका छन् ।

वडाध्यक्ष रोकाका अनुसार गाउँपालिकाभित्र पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध रहेको र केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलासुस्ती हुँदा जनता अन्धकारमा बस्न बाध्य बनेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?