 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- पपस्टार राजु लामाले २२ अक्टोबरमा इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय ध्वजा फर्फराए।
- राजु लामाले चुचुरोमा ‘मंगोलियन हार्ट’ र संगीतप्रेमी प्रशंसकलाई सम्झिएर नयाँ गीत ल्याउने प्रतिबद्धता जनाए।
- उनी हाल ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा ब्यस्त छन् र पुनः शोमा फर्किएका छन्।
काठमाडौं । पपस्टार राजु लामा पर्वतारोही तथा वातावरणीय अभियन्ता पनि हुन् । वातावरण संरक्षणको सन्देश दिन उनले केही वर्षअघि सर्वोच्च शिखर सगरमाथा आरोहण पनि गरे ।
मुस्ताङ लगायतका उच्च हिमाली क्षेत्रमा उनले भोटे पिपलका विरुवा पनि रोपेका थिए । उनको यो पर्वतारोहण यात्रा यत्तिकैमा रोकिएको छैन ।
उनले हालै ओसियाना क्षेत्रको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक जया) आरोहण गरे । ४ हजार ८८४ मिटर अग्लो यो पहाड इन्डोनेसियाको अग्लो पहाड समेत हो ।
यसमा स्थायी भूमध्यरेखीय हिमनदी छन्, यद्यपि जलवायु परिवर्तनका कारण तिनीहरू द्रुत गतिमा संकुचित हुँदै गएका छन् । यो ‘सेभेन समिट्स’ मध्ये एक हो जसले गर्दा, पर्वतारोहीमाझ यो लोकप्रिय गन्तव्य हो ।

गायक लामाले २२ अक्टोबरमा यो पहाड चढेका हुन् । उनी बिहान ७ बजेर ४० मिनेटमा चुचुरोमा पुगेका थिए । उनले चुचुरोमा नेपालको राष्ट्रिय ध्वजा फर्फराए ।
उनले चुचुरोमा ‘मंगोलियन हार्ट’ र संगीतलाई माया गर्ने प्रशंसकलाई सम्झिएका छन् । चाँडै नयाँ गीत ल्याउने प्रतिबद्धता पनि उनले जनाएका छन् । उनले बौद्ध मन्त्रहरू पनि टाकुरामा जपेका छन् ।
कामको कुरा गर्दा, राजु अहिले ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा ब्यस्त छन् । उनी यो सिजनबाट पुनः शोमा फर्किएका हुन् ।
View this post on Instagram
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4