+
+
Shares

नक्कली कागजात मार्फत विदेश जान खोज्ने अफलोड, २२६ पासपोर्ट बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन कार्यालयले नक्कली कागजात बनाएर विदेश जान खोज्ने २२६ व्यक्तिहरूलाई पछिल्लो तीन महिनामा अफलोड गरेको छ।
  • अफलोड गरिएका २२६ पासपोर्टमध्ये १०६ फिर्ता गरिएका छन् भने १२० अनुसन्धानका लागि सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको छ।
  • भिजिट भिसामा विदेश जान न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी टिकट, होटल बुकिङ अनिवार्य गर्ने प्रावधान खारेज गरिएको छ।

१४ कात्तिक, काठमाडौं । नक्कली कागजात बनाएर विदेश जान खोज्ने व्यक्तिहरूलाई अध्यागमन कार्यालयले अफलोड (फिर्ता) गरेको छ ।

पछिल्लो तीन महिनाको अवधिमा अफलोड गरिएकाहरूबाट २२६ राहदानी (पासपोर्ट) बरामद गरिएको छ ।

अफलोड गरिएकाहरूलाई भने नियन्त्रणमा नलिई उनीहरूका शंकास्पद कागजात मात्रै नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरिएको अध्यागन विभागले बताएको छ ।

पछिल्लो तीन महिनामा बरामद भएका २२६ पासपोर्टमध्ये १०६ पासपोर्ट छानबिन गरेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ ।

बाँकी १२० पासपोर्ट भने अनुसन्धानका लागि भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

यसअघि भिजिट भिसामा जाने नागरिकलाई ६ बुँदे प्राधवान कायम रहेकोमा त्यसैलाई आधार बनाउँदै अनियमितता हुने गरेको भन्दै अहिले भने त्यो प्रावधान खारेज गरिएको छ ।

यसअघि भिजिट भिसामार्फत् विदेश जानेका हकमा न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो ।

यसैलाई कारण देखाउँदै बिचौलियाहरूले रकम असुल्ने गरेको र भिजिट भिसामा जानेहरू थप पीडित हुने गरको भन्दै त्यो प्रावधान खारेज गरिएको विभागले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?