+
+
Shares

एकीकृत समाजवादीको माग : सम्पत्ति छानबिन गर्न उच्चस्तरीय शक्तिशाली आयोग गठन गरौं  

सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नका लागि उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन हुनुपर्ने निर्णय पार्टीले गरेको ज्वालाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १९:१७

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले हालसम्म सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेको छ ।

शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो माग गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रकाश ज्वालाले सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र भ्रष्टाचारी प्रमाणित भएमा त्यस्ता व्यक्तिहरूमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नका लागि उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन हुनुपर्ने निर्णय पार्टीले गरेको ज्वालाले बताए ।

‘हालसम्म राजकीय जिम्मेवारीमा, सार्वजनिक पदमा पुगेका हरेक व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ र सम्पत्ति छानबिनपछि भ्रष्टाचारीको रूपमा प्रमाणित भएका व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । त्यसका निम्ति उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन हुनुपर्छ। भनेर पनि हामीले यसपटक एउटा विशेष प्रस्ताव पारित गरेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?