News Summary
Generated by OK AI. Editorially reviewed.- घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरुले दाङको घोराहीस्थित विद्युत प्राधिकरण कार्यालयमा धर्ना दिएका छन्।
- मजदुरहरुले 'रोजी रोटी खोस्न पाइँदैन' र 'श्रम गरी खान दे' नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन्।
- विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै बिजुलीको लाइन काटिदिएको र उद्योगीहरुले प्रमाण माग गरिरहेका छन्।
१६ कात्तिक, दाङ। घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरुले दाङको घोराहीस्थित विद्युत प्राधिकरणको कार्यालयमा धर्ना दिएका छन् ।
‘रोजी रोटी खोस्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका मजदुरहरुले विद्युत् प्राधिकरण कार्यालय अगाडि नाराबाजी गरे । उनीहरुले ‘श्रम गरी खान दे’ लगायतका नारा लगाए ।
बक्यौता रकम नतिरेको भन्दै विद्युत् प्राधिकरणले बिजुलीको लाइन काटिदिएको थियो । बिजुलीको लाइन काटिदिएपछि रोजीरोटी संकटमा परेको मजदुरहरुको भनाइ छ ।
बक्यौताको प्रमाण दिन उद्योगीहरुले माग गर्दै आएका छन् । प्राधिकरणले प्रमाण नदिएसम्म रकम नतिर्ने उनीहरुको अडान छ ।
प्रतिक्रिया 4