+
+
Shares

दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु, ८ जना बेपत्ता

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार ८ जना हराइरहेका छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८२ कात्तिक १७ गते १६:५०

१७ कात्तिक, काभ्रेपलाञ्चोक । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार ४ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् ।

नेपाली गाइड सहित सोमबार बिहान यलुङ रि हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो ।

दोलखाको रोल्वालिङ क्षेत्रको ५ हजार ६ सय ३० मिटर अग्लो ‘यलुङ रि’ शिखरको हिमपहिरोमा परेका विदेशीसहित नेपालीको खोजी प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ गए पनि मौसमको कारण बस्न नसकेको प्रहरीको भनाइ छ ।

रोल्वालिङ क्षेत्रमा हेलिकोप्टर उडानका लागि प्रतिबन्धित क्षेत्र भएकाले प्रशासनले अनुमति दिएर उड़ान हुने गर्छ ।

भौगोलिक विकटताका कारण प्रहरी अझै घटनास्थल पुग्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?