News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा मंगलबार आलुको भाउ घटेको छ।
- कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो १७ रुपैयाँले घटेर ७० रुपैयाँमा किनबेच भइरहेको छ।
- सेतो आलुको भाउ पनि प्रतिकिलो ७ रुपैयाँले घटेर ६२ रुपैयाँमा किनबेच भइरहेको छ।
१८ कात्तिक, काठमाडौं । स्थानीय बजारमा आलुको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार आलुको भाउ घटेको हो।
बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ ।
आज मंगलबार कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो थोकमा औसत १७ रुपैयाँ घटेको छ । हिजो सोमबार प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको रातो आलु आज प्रतिकिलो ७० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै हिजोको तुलनामा आज सेतो आलु प्रतिकिलो मूल्य ७ रुपैयाँ घटेको तथ्यांकले देखाउँछ । आज सेतो आलु प्रतिकिलो थोकमा ६२ रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो सोमबार सेतो आलु प्रतिकिलो थोकमा ६९ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया 4