+
+
Shares

ओलीप्रति भूसालको कटाक्ष- गुन्डुमा लुकेर बस्नुपर्नेले ट्याउँट्याउँ गरेर हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन्।
  • भूसालले कांग्रेस र एमालेको सरकार जेनजी आन्दोलनबाट ढल्न नपर्ने उल्लेख गरे ।
  • उनले पार्टी विभाजनका क्रममा संख्या हेरेर कित्ता हेर्ने दौडमा नकुद्न आग्रह गरे ।

१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन् ।

एकता प्रक्रियामा नगएर छुट्टै अभियान थाल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो तर्क गरेका हुन् ।

संख्याले मात्र हुने भए कांग्रेस र एमालेको सरकार जेनजी आन्दोलनबाट ढल्न नपर्ने उनको भनाइ थियो ।

‘प्रधानमन्त्री भागेर गुन्डुमा लुकेर बस्नुपर्ने अवस्था छ । अनि तिनले ट्याउट्याउ गरेर हुन्छ,’ भूसालले भने, ‘तिनी र म उस्तै हो । बरु म चाहिँ बाटोमा हिँड्दैछु । त्यसले गर्दा ठूलो र सानो, बहुमत र अल्पमतले मात्र हुन्न ।’

भूसालले पार्टी विभाजनका क्रममा संख्या हेरेर कित्ता हेर्ने दौडमा नकुद्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?