+
+
Shares

विशेष महाधिवेशन गर्न खुट्टा कमाउनु पर्दैन : कांग्रेस नेता अब्दुल सतार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १८:१४
फाइल तस्वीर

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले विशेष महाधिवेशनका लागि नेताहरूले खुट्टा कमाउनु नपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सतारले विशेष महाधिवेशनका लागि २ हजार ४८८ प्रतिनिधिले गरेको मागको सुनुवाइ हुनुपर्ने बताए ।

महामन्त्री गगन थापाले पेस गरेको नियमित महाधिवेशनको समय अनुसार महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानैपर्ने उनले बताए ।

निर्वाचनभन्दा पहिला महाधिवेशन गरियो भने निर्वाचनमा अन्तर्घात हुन्छ भन्ने तर्क औचित्यहीन रहेको उनले बताए ।

नेताहरूलाई प्रश्न गर्दै उनले भने, ‘यदि हामीले अन्तर्घातकै विषयवस्तुलाई आधार मान्ने हो भने २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरले के अन्तर्घात गर्दैन ? सक्नुहुन्छ रोक्न ? त्यसकारण प्रक्टिकल भएर जाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?