+
+
Shares

‘रमिताको पिरती’ मा आनाको जोडी धीरज कि समीर ?

माघ २३ गतेबाट फिल्म रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'रमिताको पिरती' २३ माघदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ।
  • आना शर्माले 'रमी' पात्र निभाएकी छिन् भने समीर श्रेष्ठले संगीतकार र अभिनेता दुवैको भूमिका निर्वाह गर्नेछन्।
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मले फरक कथा बोकेको भन्दै शुभकामना दिएका थिए।

काठमाडौं । फिल्म ‘रमिताको पिरती’ को प्रदर्शन मिति तय भएको छ । बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरियो ।

सुदिप्ता निर्देशित यो फिल्म २३ माघदेखि देशब्यापी प्रदर्शनमा आउनेछ ।

फिल्ममा अभिनेत्री आना शर्मा शीर्ष भूमिकामा छिन् । उनको साथमा अभिनेताद्वय धीरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ ।

यही फिल्मबाट गायक समीर श्रेष्ठ फिल्मको पर्दामा डेब्यू गर्दैछन् । महिलाप्रधान फिल्मको फस्टलुकमा आनाले निर्वाह गरेका विभिन्न लुक्स देख्न सकिन्छ ।

फिल्ममा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो फिल्म बनेको छ ।

आना र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा आरपी प्रोडक्सन एसोसिएट निर्माताको रुपमा छ । निर्माता सागर लम्साल हुन् ।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।

शिशिर विशांखेको छायांकन रहेको फिल्ममा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको रङ संयोजन, कातिक बरालको नृत्य निर्देशन छ ।

यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मले केही फरक आयाम र कथा बोकेको भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै डेब्यू अभिनेता समीरले आफू यो फिल्ममा संगीतकारको रुपमा जोडिएको र कथावस्तु मनपरेपछि काम गरेको सुनाए ।

आनाले ४ वर्ष अगाडि नै यो कथा आफूले सुनेको र कथावस्तु फरक लागेकाले जोडिएको सुनाइन् । उनले अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको तर्क गर्दैै दर्शकलाई यो फिल्मको कथावस्तु मनपर्ने तर्क गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?