News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समितिमा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन दिएका छन्।
- मन्त्री खरेलले मन्त्रालयका सचिव र महाशाखाका प्रमुखहरूलाई सेन्सर बोर्ड र विकास बोर्डसँग समन्वय गरी सहि व्यक्ति ल्याउन भने।
- चलचित्रकर्मीहरूले सेन्सर बोर्डको काम गर्ने शैलीप्रति आपत्ति जनाएपछि मन्त्रीले सहि व्यक्तिलाई बोर्डमा ल्याउन निर्देशन दिएका हुन्।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन दिएका छन् ।
समितिका पदाधिकारी हेरफेर हुनसक्ने संकेत गर्दै उनले मन्त्रालयका सचिव राधिका अर्याल र महाशाखाका प्रमुखहरूलाई उक्त निर्देशन दिएका हुन् ।
मन्त्री खरेलले निर्देशन दिँदै भने, ‘सेन्सर बोर्ड र विकास बोर्डहरूसँग समन्वय गरि तत्काल राइट म्यान इन राइट प्लेस ल्याउनूस ।’
चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले विहिबार चलचित्रकर्मीसँग छलफल र अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा केही चलचित्रकर्मीले सेन्सर बोर्डको काम गर्ने शैलीप्रति आपत्ति जनाएका थिए ।

गुनासाहरूको जवाफ दिँदै मन्त्री खरेलले सहि व्यक्तिलाई बोर्डमा ल्याउन निर्देशन दिएका हुन् । संचार सचिव अर्यालले सेन्सर बोर्डबारे धेरै समस्या आएकाले यसबारे आफूले बुझ्ने बताइन् ।
अभिनेता प्रदीप खड्काले सेन्सर शैलीप्रति आपत्ति जनाए । निर्देशक प्रदीप भट्टराईले सेन्सर कमजोर रहेको बताए । ‘फिल्म लेख्ने बेलादेखि सेन्सर बोर्ड सम्झिएर हाम्रो हात काँप्छ’ भट्टराईले भने, ‘अब सेन्सरलाई खुकुलो बनाउनुपर्छ ।’
अभिनेता जितु नेपालले पनि सेन्सर बोर्ड लचिलो हुनुपर्ने बताएका थिए ।
प्रतिक्रिया 4