+
+
Shares

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व असुली

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्ब दुई करोड ७३ लाख ३८ हजार राजस्व संकलन गरेको छ।
  • भन्सार प्रमुख रमेश खड्काका अनुसार एक हजार ४९८ विद्युतीय सवारीसाधन र ६७१ मालबाहक कन्टेनरबाट सामान आयात भएको छ।
  • कोरलानाकाबाट २८ मालबाहक सवारीसाधनले चीनको स्वशासित क्षेत्र सिजाङमा स्वदेशी उत्पादन पुर्‍याएका छन्।

२१ कात्तिक, काठमाडौं। कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा तीन अर्ब दुई करोड ७३ लाख ३८ हजार राजस्व संकलन गरेको छ।

भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ। यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्‍याएका छन्।

बाढीपहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरलानाकाबाट चीनसँगको मुलुकको आयातनिर्यात जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?