+
+
Shares

विप्लवनिवास पुगे जनार्दन र घनश्याम

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता प्रक्रियाबाट असन्तुष्ट भएका नेताहरूले छुट्टै ध्रुवीकरण गर्ने चर्चाका बीच जनार्दन, घनश्याम र विप्लव छलफलमा जुटेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न ललितपुरस्थित हरिसिद्धीमा पुगेका छन्।
  • नेताद्वय शुक्रबार बिहान विप्लव निवासमा पुगेका हुन् र नेतात्रयबीच अहिले छलफल जारी छ।

२१ कात्तिक, काठमाडौं । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न पुगेका छन् ।

नेताद्वय शुक्रबार बिहान ललितपुरस्थित हरिसिद्धीमा रहेको विप्लव निवासमा पुगेका हुन् । नेतात्रयबीच अहिले छलफल जारी छ ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता प्रक्रियाबाट असन्तुष्ट भएका नेताहरूले छुट्टै ध्रुवीकरण गर्ने चर्चाका बीच उनीहरू छलफलमा जुटेका हुन् ।

पार्टी विभाजन अघि नै शर्मा, राम कार्की र भूसालले विप्लव लगायतका नेताहरूसँग नयाँ ध्रुवीकरणका लागि अनौपचारिक कुराकानी गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?