News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपत्यकाका आफूनिकट जिल्ला सभापतिहरूसँग पार्टी विवादबारे छलफल गरेका छन्।
- छलफलमा जिल्ला सभापतिहरू, पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी र केही केन्द्रीय सदस्यहरू सहभागी थिए।
- कोइरालाले आगामी निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा रहेको \'ब्रिफिङ\' गरे।
२१ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्।
विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँग उनले छलफल गरेका हुन्।
नेता कोइरालाले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग छलफल गरेका केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले पुष्टि गरे।
उनकाअनुसार छलफलमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, केही केन्द्रीय सदस्यहरू पनि सहभागी थिए।
छलफलमा कोइरालाले आफू आगामी निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा रहेको ‘ब्रिफिङ’ गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4