२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मतदातालाई मतदाधिकारको सदुपयोग गर्न आग्रह गर्दै मतदाता परिचय बनाउन आग्रह अपिल गरेकी छिन् ।
शुक्रबार एक भिडियो सन्देश जारी गर्दै उनले नजिकैको निर्वाचन कार्यालयमा गएर मतदाता परिचय बनाउन उनले आग्रह गरेकी छिन् ।
‘विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गरौं,’ उनले भने, ‘मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं ।’
प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन भएको जिकिर गरेकी छिन् ।
पहिलो, तपाई–हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन ।
दोस्रो, त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र ।
‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईं–हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ,’ प्रधानमनत्री कार्कीले भनेकी छिन्, ‘अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ । अथवा, यहाँहरु आफै सही प्रतिनिधि बन्नुपर्छ ।’
प्रतिक्रिया 4