News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगका करारमा नियुक्त कर्मचारीलाई पुस मसान्तसम्म पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ।
- सरकारले सार्वजनिक निकायका पदाधिकारीलाई करारमा स्वकिय सचिवको दिने व्यवस्था हटाएको थियो।
- समावेशी आयोगका सचिवले उक्त निर्णयको आधारमा करारका कर्मचारी हटाएका थिए।
२३ कात्तिक, काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरुलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करारका कर्मचारीलाई पदबाट नहटाउन भनेको हो।
सरकारले सार्वजनिक निकायका पदाधिकारीहरुलाई करारमा स्वकिय सचिवको दिने व्यवस्था हटाएको थियो।
त्यही निर्णयका आधारमा समावेशी आयोगका सचिवले करारका कर्मचारी हटाएका थिए।
त्यसविरुद्ध परेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश मल्लको इजलासले अन्तरिम आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4