+
+
Shares

गुल्मीमा महिला मृत अवस्थामा फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १८:२६

२३ कात्तिक, गुल्मी । गुल्मी दरबार गाउँपालिका–१ बोटे गाउँकी ५० वर्षीया दिलकुमारी बोटे मृत अवस्थामा फेला परेकी छन् ।

आइतबार साँझ समयमा स्थानीय बोक्सिरह भन्ने स्थानमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कात्तिक २१ गते घरबाट कसैलाई केही नबोली निस्किएकी थिइन् ।

खोजतलासका क्रममा आज बोक्सिरहमा मृत अवस्थामा भेटिएको खबर प्रहरी चौकी मजुवामा प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?