+
+
Shares

रञ्जु दर्शनाको प्रश्न- वैकल्पिक शक्तिहरू किन एक ठाउँमा आउन नसकेको ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते २१:२८

२३ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको आवश्यकता लामो समयदेखि उठ्दै आएको भएपनि व्यक्तिकेन्दित राजनीतिको कारण निष्कर्षमा पुग्न नसकेको बताएकी छिन् ।

वैकल्पिक शक्तिहरूबीच सहकार्य किन हुन सकेन भन्ने विषयमा आत्ममूल्याङ्का गर्न जरुरी रहेको बताइन् ।

‘वैकल्पिक राजनीति गर्नेहरू एक ठाउँमा आउनुपर्छ भनेको लामो समय भइसक्यो । तर वैकल्पिक भनिएका हामीहरू किन एक ठाउँमा आउन सकिएको छैन त ?,’ उनको प्रश्न छ ।

विवेकशील साझाले जेन–जी आन्दोलन अघि नै राजनीतिक संवाद समिति गठन गरेर वैकल्पिक शक्तिहरूबीच संवाद र सहकार्यको अभ्यास सुरु गरेको पनि बताइन् ।

‘हामीले २०८४ सालमा मिल्नुपर्छ भनेर केही अभ्यासहरू शुरु गरेका पनि थियौं । विवेकशील साझाको तर्फबाट हामीले समेत जेनजी आन्दोलन हुनुभन्दा अगाडि नै राजनीतिक संवाद समिति गठन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने प्रयास गरिरहेकै थियौं,’ उनले भनिन्, ‘तर ८२ मै निर्वाचन हुने भयो । फेरि यो चुनावी रणनीति चाहीँ अलिकति फरक हुँदो रहेछ ।  चुनावकै लागि मिल्ने र धेरै सिट आर्जन गर्ने चुनावपछि फेरि फुट्ने हो त ?’

वैकल्पिक राजनीति केवल चुनावी तालमेलमा सीमित नभई साझा विचार, नीतिगत दृष्टि र प्रणालीगत सुधारमा केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।

‘त्यसकारण अवको वैकल्पिक दलहरूले चुनावको लागि मात्रै एक ठाउँमा आउने काम गर्नुहुँदैन । राजनीतिक दल भनेको सत्ता र जनताबीचको सेतु पनि भएको कारण त्यही अनुसारको मिलन आजको आवश्यकता हो,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?