News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि २० प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ।
- कम्पनीको दोस्रो वार्षिक साधारणसभाले १२ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको छ।
- सभाले मोना जालानलाई अध्यक्ष र दिवाकर थापालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।
२४ कात्तिक, काठमाडौं । सप्तकोशी ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि २० प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
काठमाडौंको त्रिपुरेश्वरमा सम्पन्न भएको कम्पनीको दोस्रो वार्षिक साधारणसभाले आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाउने निर्णय पारित गरेको हो ।
दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्ने यो उद्योग मोरङ जिल्लाको कटहरी गाउँपालिकामा अवस्थित छ। त्यस्तै सभाले कम्पनीको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको छ।
सभाले कम्पनीको सञ्चालक समितिमा परिवर्तन गर्दै अध्यक्षमा मोना जालानलाई नियुक्त गरेको छ । त्यस्तै दिवाकर थापालाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4