२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सानो चित्त र दिल भएको भन्दै हल्ला चलाइएकोप्रति आपत्ति जनाएका छन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियान राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइरहेको छ । देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्,’ उनले भने, ‘यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन । फराकिलो ढंगले मज्जाले बस्न पाइने स्पेस छ, नेकपा एमालेमा ।’
घर फर्कनेहरूलाई कुनै आश्वासन नदिइ फिर्ता ल्याएको उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4