+
+
Shares

५० दरका ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता

केन्द्रीय बैंकले चिनियाँ कम्पनीलाई १ करोड ४ लाख २२ हजार अमेरिकी डलरमा करार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ।
  • केन्द्रीय बैंकले उक्त कम्पनीसँग १ करोड ४ लाख २२ हजार अमेरिकी डलरमा करार गरेको छ।
  • करार सम्झौता बुधबार गरिएको र कम्पनीले नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ।

२६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले यो दरका ४२ करोड थान नोट छपाइ गर्न चिनियाँ कम्पनी छनोट गरेको छ ।

केन्द्रीय बैंकले आह्वान गरेको बोलकबोलमा सबैभन्दा कम मूल्यमा बोल गरेको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको हो ।

उक्त कम्पनीले ५० दरको नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने छ । त्यसका लागि केन्द्रीय बैंकले उसलाई १ करोड ४ लाख २२ हजार अमेरिकी डलरमा करार गरेको हो ।

करार सम्बन्धी सम्झौता पनि बुधबार गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?