+
+
Shares

एलओडीमा गुञ्जिए डाक्टर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो सर्जन प्राडा रमेशसिंह भण्डारीले शनिबार साँझ काठमाडौंको ठमेलस्थित एलओडीमा एकल कन्सर्ट गरेका छन्।
  • भण्डारीले 'ह्वेन प्रोफेसन मिट्स प्यासन म्याजिक ह्यापेन्स' नामक सांगीतिक साँझमा १८ गीत गाएर २ घण्टा प्रस्तुति दिएका छन्।
  • उनी १८ वर्षदेखि चिकित्सा पेशामा संलग्न छन् र पेशासहित प्यासनलाई जीवन्त राख्न सांगीतिक कार्यक्रम गर्दै आएका छन्।

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका ग्यास्ट्रो सर्जन प्राडा रमेशसिंह भण्डारीले शनिबार साँझ काठमाडौंको ठमेलस्थित एलओडीमा एकल कन्सर्ट गरेका छन् ।

’ह्वेन प्रोफेसन मिट्स प्यासन म्याजिक ह्यापेन्स’ नामक सांगीतिक साँझमा उनलाई गिटारिस्ट देव लामा र रोशन श्रेष्ठसहितको टिमले साथ दिएको थियो ।

कलेजो प्रत्यारोपण विशेषज्ञ भण्डारीले २ घण्टासम्म आफ्ना ७ सहित १८ गीत गाए । ’नीलो आकाश’ गीतबाट उनले एकल कन्सर्ट थालेका थिए ।

चिकित्सा पेशामा आफू आबद्ध भएकाले सांगीतिक कार्यक्रम गर्नु नौलो अनुभव भएको उनले बताए । पेशासहित प्यासनलाई पनि जीवन्त राख्न आफूले सांगीतिक प्रस्तुति दिएको उनले बताए ।

ओढेर पछ्यौरी, सकिएन, धन्यवाद, कसरी भनुँ, तिम्रो नै माया, एउटा जीवनलगायतका गीत उनका हिट छन् । उनी १८ वर्षदेखि चिकित्सा पेशामा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?