+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

राजसंस्था पुनर्स्थापनाका लागि आवश्यक परे बलिदानी दिन तयार छु : कांग्रेस नेता भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १४:५८

२ मंसिर, काठमाडौं । सनातन हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था पुनर्स्थापनाको लागि आफू कुनैपनि हदसम्म जान तयार रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आफू राजावादी नभएपनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुन:स्थापना गर्न बलिदानी दिन समेत तयार रहेको उनको भनाइ छ ।

‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो । त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन पनि तयार छु,’ भण्डारीले भने, ‘पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइन । मिडियाले पनि यस्तै गर्ने हो मिडिया घेर्ने बेला आइरहेको छ ।’

नेपाली कांग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको आक्रोश समेत उनले व्यक्त गरे । उनले कांग्रेसभित्र कपदप्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत बताए ।

‘नेपालको नेपालको राजनीतिमा दलभित्र पनि ठूलो प्रभाव छ । पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ । म दु:खका साथ भन्छु कांग्रेसभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु । म भ्रष्टाचारी कांग्रेस भएको छु,’ भण्डारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?