
News Summary
Generated by OK AI. Editorially reviewed.- १५ जेठमा काठमाडौंमा राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग राख्दै प्रदर्शन भयो।
- प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापा सहभागी थिए।
- उपत्यकाका ७ ठाउँबाट जुलुस निकालेर रत्नपार्क पुगेका प्रदर्शनकारीहरू भृकुटिमण्डपमा सभामा परिणत हुनेछन्।
१५ जेठ, काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दू राष्ट्रसहितको माग राख्दै राजावादीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको हो ।
प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत सहभागी छन् ।
उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकालेर राजसंस्था पक्षधरहरू रत्नपार्क पुगेका हुन् ।
भृकुटिमण्डपमा पुगेर प्रदर्शन सभामा परिणत हुने बताइएको छ ।
हेर्नुस् थप तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4