+
+
Shares

डेमोक्र्याट नेतृत्वको शहरमा हुने आन्दोलनमा हस्तक्षेप नगर्ने ट्रम्पको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १२:३९

१८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेताहरूले नेतृत्व गरेका शहरहरूमा हुने आन्दोलन वा अशान्तिमा स्थानीय निकायको औपचारिक अनुरोधबिना संघीय हस्तक्षेप नगर्ने घोषणा गरेका  छन ।

राष्ट्रपति ट्रम्पले गृह सुरक्षा सचिव क्रिस्टी नोएमलाई स्थानीय विरोध प्रदर्शन व्यवस्थापन गर्न संघीय बल नपठाउन निर्देशन दिएका  छन्।

तर, संघीय भवन, अदालत र सरकारी सम्पत्तिको सुरक्षाका लागि भने आईसीई   र सीमा सुरक्षा बललाई  परिचालन गरिने उनले  बताए ।

संघीय सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई दंगाकारी र विद्रोही को संज्ञा दिँदै ट्रम्पले उनीहरूविरुद्ध आवश्यकता परे सेना समेत प्रयोग गर्न सकिने संकेत गरेका छन् ।

अमेरिकामा ट्रम्प प्रशासनको कडा आप्रवासन नीति र हालै संघीय एजेन्टहरूबाट दुई अमेरिकी नागरिकको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शन भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?