+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

नेपाल ट्रस्टका थप पाँच कर्मचारी शंकाको घेरामा

नेपाल ट्रस्ट सम्बद्ध स्रोतका अनुसार, निर्णय प्रक्रियामा ट्रस्टमा काम गरेका अरू कर्मचारीहरू पनि संलग्न छन्, उनीहरू छानबिनको दायरामा पर्ने निश्चित भएको स्रोत बताउँछ । स्रोतले भन्यो, ‘कम्तिमा पनि अरू थप पाँच जना कर्मचारीहरू अनुसन्धानको दायरामा तानिने निश्चित छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १५:५३

२ मंसिर, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की र सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ परेको छ ।

ठगी र आपराधिक लाभमा संलग्न भएको आरोपमा सीआईबीले उनीहरूमाथि अनुसन्धान गरिरहेको हो ।

दरबामार्ग चोकमा नेपाल ट्रस्टको जग्गा लिजमा लिएका थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पा अनुसन्धानको दायरामा छन् ।

नेपाल ट्रस्ट सम्बद्ध स्रोतका अनुसार, निर्णय प्रक्रियामा ट्रस्टमा काम गरेका अरू कर्मचारीहरू पनि संलग्न छन्, उनीहरू छानबिनको दायरामा पर्ने निश्चित भएको स्रोत बताउँछ ।

स्रोतले भन्यो, ‘कम्तीमा पनि अरू थप पाँच जना कर्मचारीहरू अनुसन्धानको दायरामा तानिने निश्चित छ ।’

१४ असार, २०७३ मा बोलपत्र प्रस्तावका लागि १५ दिने सूचना निस्किएको थियो । त्यसपछि २६ भदौमा प्रस्ताव खोलिएकोमा छ महिनासम्म कुनै निर्णय भएन ।

फागुन, २०७३ मा मात्रै सचिव अर्जुनबहादुर कार्कीले सम्झौता अघि बढाउन स्वीकृति दिएका थिए ।

त्यतिबेला उनले ६ अर्ब ४५ करोड रुपैयाँको प्रस्ताव अघि बढाउन स्वीकृति दिएका थिए । उनले राजप्रसादबाट निजामती सेवामा आएका सहसचिव लेखबहादुर कार्कीलाई जिम्मेवारी दिएका थिए ।

नेपाल ट्रस्टले तयार पारेको मूल्यांकन प्रतिवेदनमा भवन निर्माणको लागत बाहेक ६ अर्ब २६ करोड ५६ लाख रुपैंया बुझाउने प्रस्ताव गरेको थमसेर्कुको टेण्डर स्वीकृत गर्न सिफारिस छ ।

उक्त समितिमा उपसचिव अशोकप्रसाद भट्टराई सहित कानुन उपसचिव पुरुषोत्तम खतिवडा, ईञ्जिनियर(सीडीई) पराग कायस्थ, लेखा अधिकृत निर्मल गौतम र शाखा अधिकृत ऋषिकेस तिम्सिना संलग्न थिए । त्यसपछि थमसेर्कु डेभलपर्सको प्रस्ताव स्वीकृत भएको भनी सार्वजनिक सूचना प्रकाशित थियो ।

सूचना प्रकाशित भएलगत्तै थमसेर्कुले नेपाल ट्रस्टमा पत्र लेखेर आफूले त्यति ठूलो रकम प्रस्ताव नगरेको जवाफ लेख्यो । उसले एक करोड ४० लाख रुपैंया तिर्ने प्रतिवद्धता जनाएको भन्दै जवाफमा लेखेको थियो, ‘ट्रस्टले भने अनुसारको ६ अर्ब ४५ करोड रुपैयाँ स्वीकार्दैन र सम्झौता स्वीकार्य नरहेको जानकारी गराउँछौ ।’

नेपाल ट्रस्टका तत्कालिन सचिव अर्जुनकुमार कार्कीले त्यही पत्रमाथि आवश्यक कारबाही गर्नु भनी सहसचिव लेखबहादुर कार्कीलाई तोक लगाइदिए । लेखा अधिकृत निर्मल गौतमले चलखेल गरेर थमसेर्कुसँगै सम्झौता हुनुपर्ने भनी राय तयार पारे ।

गौतमले थमसेर्कुको जमानत जफत गरी उसको प्रतिस्पर्धीलाई ठेक्का दिँदा नेपाल ट्रस्टलाई ७७ करोड ८६ लाख रुपैंया नोक्सान हुने दाबी गरे । उनले आफ्नो प्रस्तावमा ‘ट्रस्टलाई अधिकतम लाभ हुनेगरी लिज सम्झौता हुन निर्णयार्थ पेश गरेको छु,’ भनी लेखेका थिए ।

सबै रायको विश्लेषण गरी अवकाशको मुखैमा रहेका सहसचिव लेखबहादुर कार्कीले संशोधित रूपमा नै एक अर्ब ४० करोड रुपैयाँमा सम्झौता हुनुपर्ने भनी २०७४ बैशाख ५ गते निर्णय गरे । छ करोड रुपैयाँभन्दा बढीको ठेक्कामा सहसचिवको अधिकार हुँदैनथ्यो, तर सचिव अर्जुनबहादुर कार्कीले कानुन विपरीत अधिकार प्रत्यायोजन गरी सहसचिवलाई जिम्मेवारी दिए  ।

र, सहसचिव कार्कीले त्यसबारेमा निर्णय गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?