२ मंसिर, काठमाडौं । नापी कार्यालय वीरगञ्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
पक्राउ पर्नेमा नापी कार्यालय वीरगञ्जका सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगरका कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय छन् ।
आयोगको टंगालबाट खटेको टोलीले वीरगञ्ज महानगरपालिका-३ आदर्शनगरस्थित नापी कार्यालयबाट उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो ।
छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग विभिन्न बहानामा उनीहरूले उक्त रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4