+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

शीतलहर र हिमपातका कारण कुनै नागरिकले ज्यान गुमाउन नपरोस् : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १३:५२

३ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनैपनि नागरिकले जीवन गुमाउन नपरोस् भन्नेकुरामा सरकार सचेत रहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो संकट आउन नदिन संघ, प्रदेश, स्थानीय सरकार र संबद्ध सबै पक्षको सहकार्य, प्रतिबद्धता र समर्पणको खाँचो समेत औंल्याए ।

उनले शीतलहर र हिमपातका कारण संकटमा परेका समुदाय केन्द्रित पूर्वतयारी र प्रतिकार्य गर्न पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिए ।

‘संकटमा रहेका वर्ग, क्षेत्र र समूदाय केन्द्रित पूर्वतयारी तथा प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देश गर्दछु । शीतलहर र हिमपातका कारण कुनैपनि नागरिकले जीवन गुमाउन नपरोस्, देशको चालु विकास प्रक्रिया अवरुद्ध नहोस्,’ उनले भने, ‘यसका लागि संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाज सबैको सहकार्य, प्रतिवद्धता  र समर्पणको अपेक्षा गरेको छु ।’

गृहमन्त्री अर्यालले हिमपातले देशको चालु विकास प्रक्रिया समेत अवरुद्ध हुने अवस्था आउन दिन नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?