+
+
Shares

एमाले युवा जम्मा हुनुअघि माइतीघरमा बसे जेन–जी घाइते (तस्वीरहरू)

एमालेले शुक्रबार सोही स्थानबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ मंसिर ५ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन–जी आन्दोलनका घाइतेहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्।
  • नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स घोषणा गर्ने तयारी गरिरहेका बेला जेन–जी घाइते धर्नामा बसेका हुन्।
  • एमाले युवाहरूले नयाँ बानेश्वरसम्म मार्चपास गर्दै भोलेन्टियर फोर्स घोषणा गर्ने तयारी गरेका छन्।

५ मंसिर, काठमाडौं । जेन–जी आन्दोलनका घाइतेहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्त भएको नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारी गरिरहेका बेला जेन–जी घाइते धर्नामा बसेका हुन् ।

एमालेले शुक्रबार सोही स्थानबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ ।

त्यसलाई रोक्न जेन–जी घाइते सडकमा आएपछि त्यहाँ सुरक्षा सतर्कता बढाइएको छ ।

धर्नामा बसेका जेन–जी घाइतेहरूले आफूहरूको न्यायका लडाइ जारी रहेको जनाएका छन् । उनीहरूले नेपाल आमालाई न्याय खै, छानबिन आयोग कहाँ गयो, भ्रष्टाचारीलाई कारबाही खै, जेन–जीको माग पूरा भएको खै भन्ने प्रश्नसहितका प्लाइकार्ड प्रदर्शन गरेका छन् ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?