+
+
Shares

बबरमहलमा जम्मा भए एमाले युवा (तस्वीरहरू)

नेसनल भोलेन्टियर फोर्स घोषणा गर्ने तयारीमा रहेको नेकपा एमाले समर्थित युवाहरू नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि जम्मा भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले समर्थित युवाहरूले नागरिक उड्डयन प्राधिकरण कार्यालय अगाडि नेसनल भोलेन्टियर फोर्स घोषणा गर्ने तयारीमा जम्मा भएका छन्।
  • एमालेले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म मार्चपास गरी बबरमहलमा भोलेन्टियर फोर्स घोषणा गर्ने योजना बनाएको छ।
  • जेन–जी आन्दोलनका घाइतेहरूले न्याय र छानबिन आयोगको माग गर्दै माइतीघरमा धर्ना बसेका छन् र सुरक्षाकर्मी परिचालन गरिएको छ।

५ मंसिर, काठमाडौं । नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारीमा रहेको नेकपा एमाले समर्थित युवाहरू नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि जम्मा भएका छन् ।

एमालेका थुप्रै युवा पैदल छन् भने मोटरसाइकलमा समेत सवार देखिएका छन् ।

एमालेले शुक्रबार माइतीघर मण्डलामा जम्मा भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको हो । माइतीघरमा त्यसअघि नै जेन–जी आन्दोलनका घाइतेहरू सकडकमा धर्ना दिएर बसेका छन् ।

जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्त भएको नेकपा एमाले र जेन–जी युवा पछिल्लो समय एकअर्कासँग आक्रामक अभिव्यक्तिहरू दिँदै आएका छन् ।

स्थिति तनावपूर्ण हुन नदिन त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

धर्नामा बसेका जेन–जी घाइतेहरूले आफूहरूको न्यायका लडाइ जारी रहेको जनाएका छन् । उनीहरूले नेपाल आमालाई न्याय खै, छानबिन आयोग कहाँ गयो, भ्रष्टाचारीलाई कारबाही खै, जेन–जीको माग पूरा भएको खै भन्ने प्रश्नसहितका प्लाइकार्ड प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?