+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
Biratnagar won by 5 wickets
Won विराटनगर किंग्स 2025
135/5 (17.2)
Shares

राम्रा गीतलाई लोक तथा दोहोरी गीत प्रतिष्ठानले प्रवर्द्धन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा पृथ्वी चोकैमा गीतलाई युट्युबमा १ करोड २१ लाखभन्दा बढी पटक हेरिएको छ।
  • गीत टिमले राजधानीमा सेलिब्रेसन आयोजना गरी सर्जक, प्राविधिक र कलाकारलाई सम्मान गर्‍यो।
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले राम्रा गीतको प्रबर्धनमा संस्थान सधैं साथमा हुने बताउनुभयो।

काठमाडौँ । ‘पोखरा पृथ्वी चोकैमा’ बोलको गीतलाई युट्युबमा १ करोड २१ लाखभन्दा धेरै पटक हेरिएको छ । लोभलाग्दो भ्यूज पाएको खुशीमा गीतको टिमले राजधानीमा सेलिब्रेसनको आयोजना गर्‍यो ।

गीतको अडियो र भिडियो समूहले केक काटेर चखाए । सो अवसरमा गीतसँग आबद्ध सर्जक, प्राविधिक, कलाकारलाई सम्मान गरियो ।

गायक छविराज सुनार र गायिका शान्तारानी परियारको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द र नन्दु परियारको संगीत छ ।

सेलिब्रेसन समारोहमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले गीतको टिमलाई बधाई दिइन् । साथै उनले प्रतिष्ठानले राम्रा गीतलाई सधैं प्रबर्धन गर्ने बताइन् ।

‘राम्रा गीतको प्रबर्धनका लागी प्रतिष्ठान सधैं साथमा हुनेछ । यहाँ त धेरैले गीत भाइरल बनाउनका लागि शब्द बिगार्ने प्रवृत्ति छ । सर्जकलाई गीतमा ग्ल्यामर हाल्नुपर्यो भन्दै दबाब दिइन्छ’ उनले भनिन्, ‘त्यस्ता सर्जक पनि यही क्षेत्रमा छन् ।’

गीत व्यवसायिकरुपमा सफल हुनु भनेको कलाकारिताले निरन्तरता पाउनु भएको उनले बताइन् । विकृतिजन्य गीत न्यूनीकरणको लागि आफूहरू साइबर ब्यूरोसम्म धाउनु परेको यथार्थ सुनाउँदै उनले भनिन्, ‘सञ्चारकर्मीले पनि मौलिक सृजनाको पक्षमा लेख्न, बोल्न थाल्नु भएको छ । यो लोक गीत-संगीतको लागि खुसीको विषय हो ।’

प्रतिष्ठानका महासचिव शिव हमालले गीत सफल हुँदै गर्दा गीत-संगीतमा काम गर्ने मेकअप-म्यानदेखि कोरसको सम्म जीवनयापनमा सहज हुने बताए ।

‘हामी यस्तो पेशामा छौँ जहाँ लाख खर्चेर हजार कमाउँदा पनि खुसी हुनुपर्छ’ हमालले भने ।

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले करोड भ्यूज प्राप्त गरेको गीतको प्रसंशा गर्दै मौलिक सृजनामा सर्जकको ध्यान जानु पर्नेमा जोड दिए । सर्जक नेत्र अर्यालले आफ्नो सृजना सफल हुँदा आफू हर्षविभोर भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?